| किसिम | आवश्यक पर्ने कागजातहरु | अधिकारी |
|---|---|---|
घर बाटो सिफारिस |
|
राम हरि कोइराला |
जितमान जिमी
प्रमुख प्रशासकीय अधिकृत
9852075060
गिता गुरूङ खेवा
उपाध्यक्ष
9851137767
| छथर जोरपाटीगाउँपालिका गाउँपालिकाको परिचय |
|---|
|
छथर जोरपाटी गाउँपालिका नेपालको धनकुटा जिल्लाको मध्यपुर्वी भागमा पर्दछ । प्राचिनकालमा नै कोशी नदीको पुर्वी भागमा किरात देशका नामले परिचित थियो, पछि ई.सा. ६०० तिर बृहत्तर किरात कोशीको पूर्व लिम्बुवान र पश्चिमतर्फ खुम्बुवानमा विभत्त भयो । प्राप्त विवरण अनुसार दश भाइ लिम्बुहरूले आपसमा मिलेर दश ओटा गाउँमा शासन गर्न थाले । तिनिहरूमा साम्लुल्पी साम्बाहांगको तम्मोर, ताम्पेसो पेरूङहाग्ङको तेह्रथुम, धकतोक्सो आङ्वोहाङ्गको आठराई, सेङसेन गुमको फेदाप, तिन्दोलुंग सोक्पाहांगको यांगरूप थुम, सिसिथेन सेरिंग हांगको पाँचथर, ताक्नुगं खजुमहांगको छथर, मुंगताइची इमहांगको इलाम र सैयाक लादो हांङको चौबिस राज्यहरू भए भनिएको छ । तत्काल छथर क्षेत्र तमोरदेखि अरूणसम्म तथा लम्बुखोलादेखि नुवोखोला सम्म फैलिएको देखिन्छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका तेलिय, तांखुवा, हात्तिखर्क र परेवादिनका मुख्य वासिन्दा पनि छथरेहरू नै हुन । तत्कालिन वृहत छथर समेत विभिन्न स्थानीय तहमा विभाजित छ । छथरको नामकरण सम्बन्धमा विभिन्न भनाइहरू पाइन्छन् जस्तै लडाइ लामो समय थाम्यो भन्ने अर्थमा थगंथरूबाट अप्रभंस भइ छथर भएको , त्यसै गरी यस क्षेत्रमा ६ वटा ६ वटा थर भएका लिम्वुहरूको वसोवास क्षेत्र भएकाले छथर भनिएको र पछि राणाकालमा कर असुल्नका लागि पुर्वि नेपाललाई विभिन्न थरमा विभाजन गरी १७ ओटा डाँडालाई ६ थुम वनाई यही ६ थुम बाट छथर रहन गयो भन्ने भनाइ समेत छ । |